जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

काठमाडौं: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता पिएसए नियुक्त गरेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी […]

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

काठमाडौं : रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि […]

यूरोपको माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न गैर आवासीय नेपालीको माग

इटाली : यूरोपको माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदुताबास स्थापना गर्न गैर आवासीय नेपालीले जोडदार माग गरेका छन् । गैर आवासीय नेपालीले तत्कालका लागि कुटनीतिक मिशन सुरु नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कुटनीतिक नियोगमा हस्तान्तर गराउन समेत आग्रह गरेका छन् । एनआरएनए यूरोपको इटालीमा सम्पन्न क्षेत्रीय बैठकले सो माग गरेको हो । बैठकमा […]

‘नेपालको हवाइ कम्पनीहरुलाई इयूको कालोसूचीबाट हटाउन पहल गरियोस्’

इटाली: गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गर्न नेपाल सरकासँग माग गरेको छ । एनआरएनएले कालोसूचीबाट हटाई नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरेको हो । साथै एनआरएनएलृे अत्याधिक मात्रामा पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली राजदूतावासहरु तथा नेपाल […]

एनआरएनए आईसीसीको ‘प्रथम विश्व स्वास्थ्य सम्मेलन’ अमेरिकाको एटलान्टामा हुँदै

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी ‘ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी’ को संयोजनमा अमेरीकाको एट्लान्टा शहरमा प्रथम विश्व स्वास्थ्य सम्मेलन तथा हेल्थ फेस्टिबल अयाोजना गरिने भएको छ । सम्मेलन आगामी २० २२ सेप्टेम्वर, मा आयोजना गरिन लागिएको हो । एनआरएनए ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाका अनुसार सम्मेलन तीन दिन […]

इटालीको रोमबाट ‘भिजिट नेपाल २०२०’ यूरोपको औपचारिक शुभारम्भ

इटाली (रोम) : ‘भिजिट नेपाल २०२०’ को यूरोप औपचारिक शुभारम्भ गरिएको छ । –गैर आवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको पूर्वसन्ध्यामा इटालीको रोमबाट औपचारिक शुभारम्भ गरिएको हो । नेपाल सरकारको तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर इटालीको रोमस्थित होटल इरिग्रिफमा भ्रमण वर्ष २०२० को शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा ‘भिजिट नेपाल […]

एनआरएन अभियन्ता सोनाम लामा जसले करोडौ खर्चेर चम्काए मुक्तीनाथ मन्दिर परिसर

किरण बुढाथोकी /मुस्ताङ लामो समयदेखि गैर आवासीय नेपाली अभियानसँगै समाजसेवामा क्रियाशील रहँदै आउनुभएको सोनाम लामा कम बोल्ने स्वभावको हुनुहुन्छ । सानैदेखि कम बोल्ने स्वभावको सोनाम कामलाई भने बढी विश्वास गर्नुहुन्छ । लामा प्रचार प्रसारमा पनि खासै रुची राख्नु हुन्न । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावना राख्ने लामाले पछिल्लो समय एनआरएनले गर्व गर्न लायक […]