अल्डरसट युथ नेप्लीज कम्युनिटीको बृहत्त भेला

अल्डरसट : बेलायतको अल्डरसट युथ नेप्लीज कम्युनिटीले अल्टरसटमा रहेको नेपालीहरुको वृहत्त भेटभाट तथा भेला आयोजना गरेको छ । विशेष गरि अल्डरसटमा बसोबास गर्ने नेपाली युवाहरुलाई सही बाटोमा हिडाउने उद्देश्यका साथ भेला आयोजना गरिएको हो । कार्यक्रममा सय जना हाराहारीमा सहभागिता रहेको हो । सोही अवसरमा अल्डरसटमा नयाँ आउने नेपालीहरुलाई स्वागत तथा सम्मान समेत गरियो । […]

‘भिजिट नेपाल २०२०’ सफल बनाउन जापानको नागोयामा दुई दिने नेपाल फेस्टिबल शूरु

नागोया: जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष जापानको मुटु मानीने अर्को शहर नागोयामा पहिलो पटक आयोजना गरिएको छ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिएको फेस्टिवल विशेष गरि नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गराइएको छ । भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ […]

जापानमा असारको उडान स्थगीत भएपछि नेपाल एयरलायन्सले थाल्यो भदौका लागि तयारी

काठमाडौं: नेपाल एयरलायन्सले जापानको ओसाकाका लागि असारमा तय गरिएको उडान स्थगीत गरेपछि फेरि उडान तयारी थालेको छ । असारमा यात्रु नभएको भन्दै एयरलायन्सले भदौको लागि तयारी शूरु गरेको हो । जापानको ओसाकामा व्यवसायिक उडान भर्नका लागि बुकिङ खुला गरे पनि बुकिङ अत्यन्तै न्यून भएकाले असार १९ गतेको तालिका स्थगित गरेको थियो । नेपाल एयरलायन्सले यस अगाडि […]

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

नूरसुल्तान: कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गरेका थिए । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गरेका थिए । पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै […]

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

काठमाडौं: सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका […]

कोरियन भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुने

काठमाडौँ :  रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । शनिबार अरुको नाममा परीक्षा दिन […]

प्रधानमन्त्री ओलीको युरोप भ्रमणमा युएई र मरिसससँग श्रम समझदारी हुँदै

काठमाडौं: सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्ने भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन आउने युएई र मरिससका सम्बन्धित मन्त्रीसँग समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । अफ्रिकी मुलुक मरिसससँग यही जेठ २८ गते र युएईसँग ३१ गते श्रम समझदारी […]