कोरिया भाषा परीक्षा आजबाट शुरु, ९२ हजार युवा सहभागी

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबारबाट शुरु भएको छ । परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ […]

वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार २७ गते गर्ने निर्णय: सर्वसम्मत नेतृत्वको लागि पहल शूरु

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते गर्ने निर्णय भएको छ । संघको कार्यसमिति बैठकले निर्वाचनको मिति असार २७ गते गर्ने निर्णय गरेको हो । यसअघि फागुन २३ गते बसेको कार्यसमिति बैठकले चैत्र २६ गते निर्वाचनको मिति घोषणा गरे पनि अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटको घटनाले निर्वाचन स्थगित गरिएको […]

यूरोपमा के गर्दैछन् पूर्वलडाकु लेलिन विष्ट ?

काठमाडौं :  पूर्व बाल लडाकु लेलिन विष्ट तीन महिनादेखि युरोपमा छन् । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बाल सैनिक लेनिन बिष्टले जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को कार्यालयमा आफूहरुको अधिकार हनन् भएको भन्दै बिहीबार निवेदन दर्ता गराउनुभएको छ ।  तत्कालीन बाल सैनिकले जेनेभामा पुगेर सो निवेदन दर्ता गराउनुभएको हो । नेपालका पूर्व बालसैनिकहरुको […]

सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार

नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो ।गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि […]

जापानको नागोयामा हुन लागेको नेपाल फेष्टिवलको तयारी तीब्र

टोकियो : जापानको तेश्रो ठूलो शहर नागोयामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी तीब्र पारिएको छ । फेष्टिवल नागोयाको मुटु मानिने साकायामा आगामी जुन १५ शनिबार र १६ आइतबारका दिन हुनेछ ।  फेष्टिवललाई भब्य एवं सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली राजदुतावास जापान र एनआरएनए […]

भक्तपुरमा अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ्को ९औ शाखा

भक्तपुर :  काठमाडौको बागबजारमा केन्द्रीय कार्यालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्न मा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसनले आफ्नो ९ औ शाखा भक्तपुरको सुर्यबिनायकमा खोलेको छ। पुर्व मन्त्री एवम सभासद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कन्सल्ट्र्ङ प्रा. लि. ले ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवनपछि भक्तपुरको सुर्यबिनायकमा […]

इपिएस परीक्षाका लागि ३२ वटा केन्द्र तोकियो (सूचीसहित)

काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि काठमाडोंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ ।