डा. अभिनव दाहाल, इन्टर्नल मेडिसिन काठमाडौं मोडेल अस्पताल शरीरमा अत्यावश्यक भिटामिनमध्येको एक हो, भिटामिन डी । भिटामिन डीको मुख्य स्रोत बिहानीपखको घाम हो । यसबाहेक दूध, अन्डा, माछा र च्याउ आदि भिटामिन डीका स्रोत हुन् । हाम्रो शरीरमा भिटामिनको कमी हुँदा ज्यादा थकाइ लाग्ने, हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपय अवस्थामा हड्डी चर्किने समस्या हुन्छ […]
अंगुरबाबा जोशी साहित्यकार रोग लागे पनि हाँसेर जिइरहेकी छु म ८८ वर्षकी भएँ । मेरो शरीरमा निको नहुने दसौँ रोग छन् । रोग लागेपछि धेरैले रोएर जीवन बिताएको देखेको छु । तर, म हाँसेर बिताउँछु । १५–१६ वर्षअघि घाँटीको क्यान्सर भयो । अप्रेसनत गर्दा मुख बांगो भएर गालामा पुग्यो । उपचार गर्न भारत जान गएँ । पछि ब्रेस्टको क्यान्सर भयो । दुवै ब्रेस्ट […]
काठमाडौं : नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो । देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर […]
१. लामखुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ । यसो गर्दा लामखुट्टे भाग्छन् । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सक्नुहुन्छ । २. नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या दूर भएर जान्छ । ३. मुलायम […]
काठमाडौं : मानीसहरु ठूला ठूला सपना देख्छन । तर कसरी स्वास्थ बन्ने कुरामा भने त्यस्ता मानीस कमै ध्यान दिन्छन् । विशेष गरि मानीसले तनाव ब्यवस्थापन गर्न सकेको खण्डमा र सकारात्मक सोचको विकास गर्न सकेमा तथा जीवनशैलीमा परिवर्तन ल्याउँन सकेमा स्वास्थ रहन सकिने चिकित्सकहरु सुझाव दिन्छन् । स्वस्थ जीवनशैलीका लागि अपनाउनुस यी तलका कुराहरु’;- १. नियमित […]
भक्तपुर : लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज ११ जना नर्सलाई पक्राउ गरिएको हो । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन । पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी […]
काठमाडौंः गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्तले न्याय माग्दै सर्लाहीबाट काठमाडौं आइपुगेका छन् । यही वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गलत रगत दिएका कारण मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि काठमाडौं आइपुगेका हुन । बालिकाका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको […]