नक्कली मागपत्र देखाएर चरम ठगी

काठमाडौं:  सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो । कारोबारको सम्पर्कमा आएका सिन्धुलीका […]

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त

काठमाडौँ : नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त हुनुभएको छ । हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक रहेकी उनले नेपालका लागि राजदूतमा भेम्बर २०१९ बाट कार्यभार सम्हाल्नुहुनेछ । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिससरुवा भएपछि निकोला नेपाल आउनुहुने बताइएको छ ।

वैदेशिक रोजगारीमा रहेका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथि वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे । ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था […]

बजेट २०७६ /७७ : विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गरिने

काठमाण्डौ: सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।

बजेट २०७६ /७७: श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाण्डौ: आर्थिक वर्ष २०७६ ०७७ को बजेटमा श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।

नेपालको विकास र सम्मृद्धिको लागि फराकिलो मन हुन आवश्यक: चिनियाँ राजदुत होउ यान छि

दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक ) नेपालका लागि चिनियाँ राजदुत होउ यान छि ले नेपालको विकास र सम्मृद्धिको लागि सबै नेपालीको फराकिलो मन हुन आवश्यक रहेको बताउनुभएको छ । तातोपानी नाका सञ्चालनको पूर्व सन्ध्यामा भोटेकोशी गाउँपालिका पुगेकी चिनियाँ राजदुत छि ले जनप्रतिनिधि संगको अन्तरक्रिया क्रममा उक्त धारणा राख्नुभको हो । आफ्नो मुलुक चिनको भनाईलाई उदृत गर्दै […]

‘भिजिट नेपाल-२०२०’ सफल बनाउन मकाउमा ‘एभरेष्ट हाइकिङ’ आयोजना गरिदैं

मकाउ: भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले मकाउमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली महावणिज्य दुतावास हङ्कङ/ मकाउ र गैर आवसिय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउमा दोश्रो पटक सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ आयोजना गरिन लागिएको हो । एनआरएन मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित पर्यटन बर्ष […]