म्यानमारमा हुने एनआरएनए एसिया प्याशिफिक बैठकको तयारी पूरा

म्यानमार: म्यानमारमा जुलाई ६ र ७ अर्थात शनिबार र आइतबार हुन गइरहको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । बैठकमा नेपाल सरकारको तर्फबाट उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथिको रुपमा सहभागि हुनुहने भएको छ । साथै कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत […]

एनआरएन बहश: कस्तो हुनुपर्छ अबको एनआरएनए ?

प्रकाश पुन गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा अगाडि बढिरहेको एनआरएन अब समयक्रम अनुसार परिमार्जन हुँदै जानुपर्ने आवश्यकता देखिन्छ । संस्थालाई पहिला संस्थागत ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसको लागि संस्थागत संरचनामा परिवर्तन गर्नुपर्नेछ । यसको लागि सर्वप्रथम संस्थाको नेतृत्व गर्नेको कार्यकाल निश्चित तोकिनुपर्ने देख्छु । एउटा नेतृत्वले कम्तिमा दुई कार्यकाल काम गर्न पाउने गरि […]

एनआरएन जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन र निर्वाचनका लागि अनुगमन समिति गठन

टोकियो :  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (रासप) जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरी २ जना सल्लाहकार रहने छन् भने समितिमा […]

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । अल्डरसटमा आयोजित एक कार्यक्रमकाबीच पुनमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी १४ सेप्टेम्वरमा हुन गइरहेको चुनावमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू […]

अबको एनआरएनएलाई विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित गराउनेछौ: कुमार पन्त (भिडियोसहित)

क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष कुमार पन्तले अबको एनआरएनए विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुने बताउनुभएको छ । एनआरएनए क्यानडाले आयोजना गरेको अन्र्तक्रिर्या कार्यक्रममा बोल्दै पन्तले पहिलो पटक एनआरएनले विज्ञ सम्मेलन सम्पन्न गरेर विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको भन्दै अबको एनआरएनए सोही कुरालाई केन्द्रित […]

मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए नेताहरुको बृहत्त भेला हुँदै

ओमन:  गैर आवासीय नेपाली संघ (एनआरएनएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म गर्ने घोषणा भएसँगै एनआरएनलाई चुनाव लागेको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए अभियन्ता आउनुहुने भएको छ । मध्य पूर्वको सबैभन्दा […]

गैर आवासिय नेपाली संघद्धारा कैलालीका हावाहुरी पीडितलाई पाच लाख राहत सहयोग

काठमाडौं: गैरआवासिय नेपाली संघले कैलालीका हावाहुरी पीडितलाई पाच लाख रुपैयाँ तत्काल राहत सहयोग धनगढी उपमहानगर पालिका मार्फत बितरण गर्न हस्तान्तरण गरेको छ । संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गत हप्ता कैलाली कञ्चनपुरमा आएको हुरी आधी बाट सबै भन्दा प्रभावित धनगढी क्षेत्रमा उपमहानगर पालिकाको अनुरोधमा तत्काल खास पीडितलाई आबश्यक सहयोग पुर्याउन उक्त सहयोग पठाइएको हो । […]