काठमाडौं: कप्तान विराट कोहलीको नेतृत्वमा आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सोमबार भारतीय क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इङ्ग्ल्यान्ड र वाल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको […]
सुबास हुमागाईं /नेपालगन्ज ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् […]
बुटवल : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिस प्रतियोगितामा एपीएफ क्लबले चार स्वर्ण पदक हात पारेको छ । बुटवलमा सम्पन्न प्रतियोगितामा लन टेनिस कम्प्लेक्समा भएको खेलमा कुल पाँचवटा इभेन्टमध्ये सशस्त्र प्रहरीको एपीएफले चार इभेन्टमा स्वर्ण पदक हात पारेको हो । महिला एकलमा सशस्त्रकी प्रेरणा कोइरालाले जितीन भने पुरुष युगलमा सशस्त्रका जितेन्द्र परियार र आइभन्हो लिसानोभिचको जोडीले, […]
एजेन्सी : नेपालले आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ । नेपाल ८ विकेटले विजयी भएको छ । सामान्य ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार […]
एजेन्सी: इग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले दाबेदार सिटीमाथिको दबाब कायम राखेको छ। आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई २–० ले पराजित गरेसँगै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ। तर सिटी र लिभरपुलले यहि अवस्थामा लिगको अन्त गरेमा सिटी च्याम्पियन बन्ने छ। तर सिटी कुनै टीम सँग रोकिएको खण्डमा भने लिभरपुलको बाटो खुल्ला हुने छ। […]
एजेन्सी : म्यानचेस्टर सिटी प्रिमियर लिग अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लेको हो । सिटीको जितमा २ गोल रहिम स्टर्लिङ र गाब्रियल जिससले १ गोल गरे । १५ औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरे भने अर्को गोल ६३ औं मिनेटमा गरे । ८१ औं […]
काठमाडौं (हाम्रो खेलकुद ) : नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्धको खेलमा बेन्चमा राखेको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम […]