ओमानद्धारा विदेशी भिसा शुल्कमा ८५ प्रतिशत भन्दा बढी कटौती

मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो । श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ । ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी […]

दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्यो

काठमाण्डौ – मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा श्रम स्वीकृति पुन: दिन शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गराउनु भएको हो । https://bishwosandesh.com/archives/44341 मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि बन्द थियो । मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन […]

परराष्ट्र मन्त्री खडका र युएईका अर्थमन्त्री अल मारीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्र मन्त्री डा. नारायण खडका र संयुक्त अरब इमिरेट्सका अर्थमन्त्री एचई अब्दुल्ला बिन तौक अल मारीबीच भेटवार्ता भएको छ । अन्टाल्या कूटनीतिक मञ्चमा सहभागी हुन टर्कीको भ्रमणमा रहनु भएको खडकाले सो अवसरमा युएईका अर्थमन्त्री अल मारीसँग भेट गर्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटघाटको क्रममा मन्त्री अल मारीले व्यापार, लगानी र सहयोगका […]

साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

रियाद  – साउदी अरबले एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । साउदीले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएको हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेको साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।  गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको […]

अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाण्डौ – अब दक्षिण कोरिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ । सरकारले विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा बस्न नपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।  मार्च २१ देखि पाकिस्तान, उज्वेकिस्तान, युक्रेन र म्यानमार बाहेकका देशबाट जाने पूर्ण खोप लगाएका यात्रुले […]

कतार, यूएई र सेसेसको भ्रमणमा जाँदै श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ

काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार, यूएई र सेसेसको भ्रमणमा जानु हुने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डल तीन देशको भ्रमणमा जाने भएको हो । सरकारका प्रवक्ता, सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेलाई मन्त्री श्रेष्ठको संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने निर्णय गरिएको बताउनु भयो […]

यूएई प्रवेश गर्नेले आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने

आबुधाबी – यूएईको आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । कोराना विरुद्धको खोप नलगाएकाले पनि विमानस्थलमा ओर्लेपछि पीसीआर परीक्षण गर्नु नपर्ने भएको हो । कोरोना विरुद्धको खोप नलगाएका यात्रुले आबुधाबीको लागि प्रस्थान गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भने पेस गर्नुपर्नेछ । खोप लगाएकाहरुले भने प्रि डिपाच्र्युर पीसीआर टेस्ट गर्नु नपर्ने […]