काठमाडौं। कोभिड १९ तेस्रो लहर सुरु भएसँगै टर्की सरकारले नेपालसहित सात मुलुकका नागरिक आगमनमा प्रतिबन्ध लगाएको छ। टर्कीले सीधा उडानमार्फत नेपाल, बंगलादेश, ब्राजिल, दक्षिण अफ्रिका, भारत, श्रीलंकालगायत सात मुलुकका नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको हो। आगमनमा प्रतिबन्ध लगाइए पनि टर्कीस एयरलाइन्सको नियमित उडानमार्फत इस्तानबुल ट्रान्जिट हुँदै युरोप, अमेरिका लगायतका मुलकमा भने जान सकिने समाचारमा जनाइएको छ […]
काठमाडौं । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा […]
न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकी डलर (नेपाली ४८ लाख बराबर) रकम सहयोग छ । जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा सो रकम जम्मा गरेको हो । नेपालमा कोरोना संक्रमण तीव्र […]
गोरखा । ग्लोबल गारखा समाजले गोरखाका विभिन्न स्थानीय तहहरुका ४० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । सोमबार गोरखामा आयोजित एक औपचारिक कार्यक्रमका बीच ती अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारसहितको टोलीले ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो । विश्वभरि रहेका गोरखाबासी नेपालीहरुबाट रकम संकलन गरि समाजले केहि […]
काठमाडौं । हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा पठाएको ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ । होतुङ र फाउन्डेसनले संयुक्त रुपमा कोरोना संक्रमण न्यूनीकरणको लागि नेपाललाई ४५० थान अक्सिजन सिलिण्डर पठाएको हो । गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहनु भएको फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो […]
काठमाडौ। विदेशमा रहेका गोरखाबासी नेपालीहरुले रकम संकलन गरि ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् । ग्लोबल गोरखा समाजले सञ्चालन गरेको एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान अन्तरगत संकलीत रकमबाट ४० थान अक्सिजन कन्सनट्रेटर खरिद गरि नेपाल पठाइएको हो । विभिन्न देशमा रहेका गोरखा समाजहरुबाट सहयोग संकलन गरि दोस्रो चरणको स्वास्थ्य सामाग्री अन्तरगत ४० थान […]
लन्डन । बागमती प्रदेश सभामा आपत्तिजनक अभिव्यक्ति दिने प्रदेश सांसद नरोत्तम वैद्यलाई कारवाही गर्न प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले माग गरेको छ । मञ्चले वैद्यको अभिव्यक्ति घोर आपराधिक, हत्या–हिंस्रक, असंसदीय, अराजनीतिक र आपत्तिजनक रहेकाले तत्काल कारवाही गर्न माग गरेको हो । प्रवासी नेपाली एकता मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले एक बिज्ञप्ति जारी गर्दै […]