गैर आवासीय नेपाली नागरिकता र हालसम्मका उपलब्धी

राम प्रताप थापा संघीय संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक र गैरआवासीय नेपाली नागरिकता प्राप्तिका लागि हाम्रो तर्फबाट निरन्तर रूपमा औपचारिक र अनौपचारिक छलफल, भेटघाटसहित आवश्यक पहल भइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको यो विधेयक समितिले पारित गरेर जतिसक्दो चाँडो संसद्को अहिले चालु अधिवेशनमै पेश गरी पारित गरियोस् भनेर […]

एनआरएनए फ्रान्सको अध्यक्ष पदमा हरि प्रसाद सापकोटाको उम्मेद्वारी घोषणा

फान्स: फ्रान्समा लामो समय देखि बसोबास गर्दै आउनु भएका अगुवा एवं समाजसेवी हरिप्रसाद सापकोटाले एनआरएनए फ्रान्सको आगामी २०१९ २०२१ को लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । आगामी १८ अगस्ट २०१९ का दिन सम्पन्न हुन गइरहेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनमा सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो […]

एनआरएन विशेष रिपोर्ट : एनआरएनए एनसिसीको चुनाव धमाधम, कुन एनसिसीको चुनाव कहिले ?

किरण बुढाथोकी/ काठमाडौं  गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषद्को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । आइसिसीको सम्मेलन अघि सम्पन्न गर्नुपर्ने एनसिसीको अधिवेशन र चुनाव यतिखेर धमाधम भइरहेको छ । ८० वटा एनसिसी रहेको एनआरएनएको अधिवेशन धमाधम भइरहेको हो । विश्वभरी छरिएर रहेका नेपालीहरुको साझा सस्था एनआरएनएले हरेक […]

एनआरएनए एसिया प्यासिफिकको म्यानमार बैठक १२ बुँदे निर्णय गर्दै सकियो (पूर्णपाठसहित )

म्यानमार:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक क्षेत्रको बैठक १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म म्यानमारमा चलेको बैठक १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो । निर्णयको पूर्णपाठसहित ;- बैठकका निर्णयहरु गैरआवासीय नेपाली संघ ७औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठक संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको […]

म्यानमारमा जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकको औपचारिक उद्घाटन

म्यानमार: गैर आवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको औपचारिक उद्घाटन भएको छ । बैठक हिजोबाट म्यानमारको याङ्गोनमा सुरु भएको हो । उद्घाटन समारोहमा प्रमुख अतिथि म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिन हुनुहुन्छ भने उद्घाटनमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य […]

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत

मेल्बर्न : गैर आवासीय नेपाली संघ (एनआरएनए )अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत हुनुभएको छ । कँडेल आगामी दुई वर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचीत हुनुभएको हो । कँडेलले ४ हजार १ सय ४८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । कँडेलको निकटतम प्रतिस्पर्धी दिनेश पोखेरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गर्नुभयो । करिव […]

म्यानमारमा एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय बैठक शूरु

म्यानमार: गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा शूरु भएको छ । एनआरएनए आइसिसी प्रवक्ता भूषण घिमिरेका अनुसार आजबाट म्यानमारको याङ्गोनमा बैठक सुरु भएको हो।   बैठकमा संघका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, केन्द्रीय अध्यक्ष भवन भट्ट, नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय […]