एनआरएनए उपाध्यक्षमा गणेश केसीको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा अष्टे«लिया निवासी गणेश केसीले उम्मेदवारी दिनु भएको छ गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल उपमहासचिव रहनु भएको केसीले एनआरएनए अष्टे«लियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । […]

एनआरएनए अध्यक्षमा महेश कुमार श्रेष्ठको उम्मदेवारी दर्ता, संघलाई एकताबद्ध बनाएर लैजाने उदघोष

काठमाडौं:  गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएका् छ । हाल कार्यसमितिमा उपाध्यक्ष रहनु भएको श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । उम्मेदवारी दर्तापछि उहाँले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका […]

एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाको उम्मेदवारी दर्ता, युवाहरुका अधुरा काम पूरा गर्न पुन: उम्मेदवारी दिएको थापाको भनाई

काठमाडौ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्ष रोशन थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । थापाले बालुबाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । थापा डा.बद्री केसी टिममा हुनुहुन्छ । युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । ‘अभियानमा लामो समयदेखि सक्रिय छु। काम […]

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता

काठमाडौं:  खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५ मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल […]

एनआरएनए एसिया प्याशिफिक उपसंयोजकमा दिपक कँडेलको उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघको आगामी कार्यकालको निर्वाचनमा जापान निवासी दिपक कँडेलले एसिया प्याशिफिक उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल उपसंयोजक नै रहनु भएको कँडेलले पुन सोही पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य […]

एनआरएनए सहकोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी दर्ता, आर्थिक पारदर्शीता कायय गर्दै कोषलाई बलियो र सशक्त बनाउने प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा बेलायतबाट कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल सहकोषाध्यक्षको जिम्मेवारीमै रहनु भएको तिमल्सेनाले आर्थिक पारदर्शीता, आथिक कोषलाई बलियो र सशक्त बनाउने एजेन्डासहित उम्मेदवारी दर्ता गराएको बताउनुभयो । डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको […]

एनआरएनए कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी दर्ता

काठमाडौँः गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्षको जिम्मेवारी समाली सक्नु भएको थापाले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै थापाले ठोस प्रतिबद्धता सहित उम्मेदवारी दिएको बताउनुभयो । […]