कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौँ :  कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ । त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ । चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक […]

कोरोना भाइरसको संक्रमण : भिटामिन सी कति प्रभावकारी ?

काठमाडौँ :  कोरोना भाइरस (कोभिड–१९)  संक्रमणको औषधि पत्ता लगाउन संसारभरिका चिकित्सक र वैज्ञानिक लागिपरेका छन् । अहिलेसम्म विभिन्न एन्टिमेलेरियल, एन्टिभाइरल्स र युनानी औषधिमाथि परीक्षण गरिए पनि कोरोना नियन्त्रणका लागि औषधि पत्ता लागेको छैन । कोरोना नियन्त्रणका लागि उपचारका विभिन्न सिद्धान्त दिनानुदिन निकालिए पनि अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन । तर, भिटामिन सीको प्रयोग संक्रमण, रक्तचाप […]

यी हुन् कोरोना भाइरसले ल्याएको सकारात्मक परिवर्तन

कोरोना भाइरस (कोभिड–१९) यतिबेला मानव जातिमाथि ठूलो चुनौती बनेर आएको छ । चीनको पुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको सामना यतिबेला विश्वले गरिरहेको छ । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । आज सहर बजारमात्र होइन कयौं देशहरु नै लकडाउन गरिएका छन् । हजारौ मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । विश्वको अर्थव्यस्था […]

के हो क्वारेन्टाइन ? के हो आइसोलेसन ?

कल्पना पौडेल/काठमाडौं हिजोआज कुराकानीको एउटै विषय छ ‘कोराना भाइरस’। स्कुले बच्चादेखि वृद्धवृद्धा कोरोना भाइरसकै चर्चामा दिन बिताइरहेका छन्। स्कुल, कलेज बिदा भएपछि बालबालिका, किशोरकिशोरी सामाजिक सञ्जालमा कोरोना भाइरसबारे सर्च गर्दै कहाँ के भयो भन्ने अपडेट लिइरहेका छन्। कोरोना भाइरसबारे नसुनेको अझ भनौँ केही न केही नजानेको मानिस भेट्न मुस्किल छ। सबैमा रोगको संक्रमण हुने त्रास […]

कोरोना महामारी बिरूद्ध ग्रामीण नेपालमा एनआरएन कार्यक्रम

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएन) स्वास्थ्य समितिले विभिन्न संगठनको सहयोगमा नेपालको पश्चिमी तराईको ग्रामीण भागमा कोरोना भाइरस महामारीको प्रभाव कम गर्न विविध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत महिला समुदाय स्वास्थ्य स्वयमसेवीका (एफसीएचवी) को बीचमा जागरूकता बढाउने अभियान, हात सफा गर्ने उपकरण बनाउने प्रशिक्षण, साबुन वितरण र हात धुने उचित तरीकाको […]

चिसो मन पराउने कोरोनाबाट नेपाल कति सुरक्षित ?

दिनेश गौतम /काठमाडौं तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने, ‘तापक्रम बढी भएका […]

हाँस्नुका फाइदै फाइदा

काठमाडौं । संसारभर गरिएको अध्ययनमा हाँसोले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्ने निष्कर्ष निकालिएको छ । हाँसोले हाम्रो शरीरलाई आराम दिने तनाव हटाउन सहयोग पुर्याउँछ । तनावले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छ । तर हाँसोले भने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हाँसोले तनाव हर्मोनलाई घटाउने काम गर्छ । […]