के चिनीको विकल्प खोजिदैं छ ?

काठमाडौं । चिनी स्वास्थ्यको लागि लाभदायी मानिदैन । स्वास्थ्मा सचेत मानिसहरुले चिनीको प्रयोगलाई घटाउदै लगेको पाइन्छ । तर एल्युलोजले चिनीलाई प्रतिस्थापन गर्छ भन्ने कुरामा विज्ञहरु विश्वास राख्छन । एल्युलोजमा चिनीको तुलनामा ७० प्रतिशत मिठास हुन्छ, तर धेरै कम क्यालोरी हुन्छ। यति कम छ कि यसले शरीरको चिनी स्तरमा धेरै कम प्रभाव पार्छ । एल्युलोज पहिलो […]

सूर्यविनायक नगरपालिकाका १० वटै वडामा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न ‘लैङ्गिक हिंसा अन्त्यको सुनीश्चितता, महिला र बालबालीकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ विविध कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा मानवीय विकासमा जोड दिइरहेको सूर्यविनायक नगरपालिकाले भने महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर’ सम्बन्धी निशुल्क स्क्रीनिङ शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाका वरिष्ठ शाखा […]

चाडबाडमा पनि डेंगी रोग नियन्त्रणमा जुट्यो चाँगुनारायण नगरपालिका, सरोकारवालाहरुलाई अभिमुखीकरण, रोग फैलन नदिन सचेत रहेको मेयर खत्रीको प्रतिबद्धता

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगी रोग नष्ट गर्न सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालीहरुको महान् चाड बडादशैंको बेला पनि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो । सोमबार भएको कार्यक्रममा डेंगी रोग सार्ने लामखुट्टेको पानीमा बिकसित हुने अण्डा, प्युपा तथा लार्भा नाशक औषधि छर्कने सम्बन्धि अभिमुखीकरण दिइएको थियो । डेंगी रोगबाट नगरबासीलाई बचाउन सोही अनुसारको […]

कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि एक महिने नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको छ । नगरपालिकाले भदौ १ गतेदेखि मसान्तसम्म नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार वडा नंं ४ को डाँछी स्थित संस्थाको भवनमा सेवा संचालन हुनेछ भने ९ वटै वडा कार्यालयमा गाडीको सेवा उपलब्ध […]

सूर्यविनायक नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई थप अनुदान दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाबच्चाको पोषणका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम बराबर नगरपालिकाबाट थप अनुदान दिने भएको छ । नगर प्रमुख बासुदेव थापाले नगरपालिकाको नीति तथा कार्यक्रममा थप अनुदान दिने विषय समेट्नु भएको हो । महिला र पछाडि परेका वर्ग तथा समुदायलाई स्रोत साधनमाथिको अवसर, पहुँच र […]

चाँगुनारायण नगरका वडा-वडामा डेँगी रोकथाम तथा नियन्त्रण अभियान जारी

भक्तपुर: चाँगुनारायण नगरपालिकाले वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेकोछ । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं ४ र ७ मा अभिमुखिकरण कार्य सम्पन्न भएको छ । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम नगर अस्पताल तथा स्वास्थ्य कार्यालयको भवनमा संचालन […]

सूर्यविनायक नगरपालिकामा डेँगी रोग नियन्त्रण तथा रोकथाम अभियान शूरु, टोलटोलमा पुगेर अभियानलाई ब्यापक बनाउन मेयर थापाको निर्देशन

भक्तपुर: डेँगी रोग नियन्त्रण तथा रोकथाममा सूर्यविनायक नगरपालिका सक्रियतापूर्वक लागिपरेको छ । नगरपालिकाले नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउनका लागि खोज तथा नष्ट अभियानको थालनी गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सबै वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई सहभागि गराएर अन्तरक्रिर्या कार्यक्रम आयोजना गर्दै मंगलबारबाट अभियान शुरु गर्न लागेको जानकारी गराएको छ । सो […]