अष्ट्रिया – यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो । “हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा […]
न्युयोर्क – अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको समाचारमा जनाइएको छ । समाचार एजेन्सीका अनुसार कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक […]
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिनु भएको छ ।बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिनुभएको हो । आफ्नो परिवारका तर्फबाट शुभकामना सन्देश दिनुभएको हो । नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ । अमेरिकामा स्थायी बसोवास […]
काठमाडौं – नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई दिएको छ । पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर […]
धुलीखेल – अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित हुनु भएको छ । समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी खरेल पुन: निर्विरोध निर्वाचित हुनु भएको हो । समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन हुनु भएको छ । त्यस्तै, महासचिवमा […]
लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो । एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, […]
काठमाडौँ – सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन […]