नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल गर्दै मन्त्री आले

काठमाडौँ -नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकाले पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कालोसूचीबाट हटाउन आवश्यक पहल भइरहेको बताउनु भयो । उहाँले सरकार संवेदनशील रहेको बताउँदै युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो । “राष्ट्रिय सभाबाट दुवै विधेयक पारित […]

साउदी अरबमा मास्क नलगाउनेलाई एक हजार रियाल जरिवाना !

एजेन्सी – साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । […]

विदेशमा रहेका नेपाली श्रमिकलाई सहयोग गर्न दूतावासमा प्रहरी सहचारी राखिने

काठमाडौँ – विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्न सम्बन्धीत देशमा प्रहरी सहचारी राखिने भएको छ । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राखिने भएको हो । नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी राखीने भएको हो । […]

कतारमा रहेका नेपालीहरुलाई बुस्टर खोप लगाउन दुताबासको आग्रह (भिडियो सहित)

दोहा । नेपाली राजदुताबास कतारले कोरोना भाइरस विरुद्धको तेस्रो डोज बुस्टर खोप लगाउन अपिल गरेको छ । राजदुताबासका कार्यवाहक राजदुत लक्षुमण खनालले भिडियो सन्देश जारी गर्दै कतारमा रहेका नेपालीहरुलाई बुस्टर खोप लगाउन आग्रह गर्नु भएको हो । कतार सरकारले कोरोना भाइरस विरुद्धको तेस्रो खोप सुरु गरिसकेको दुताबासले जनाएको छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको […]

नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

टेक्सस – नेपाली समाज टेक्सस (एनएसटी) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी हुनु भएको छ । वाग्लेले ११२० मत प्राप्त गर्दै विजयी हुनु भएको हो । वाग्लेको प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाउनु भयो । टेक्ससको सरमन सिटी निवासी वाग्ले नेपालको भक्तपुर गुन्डूमा जन्मनु भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बिबेक कंडेल, […]

नेपाली समाज टेक्ससका अध्यक्ष उम्मेदवार सापकोटाले गरे ५० हजार डलरको कोष स्थापना गर्ने प्रतिबद्धता

टेक्सस– नेपाली समाज टेक्ससका अध्यक्ष उम्मेदवार कमल सापकोटाले निर्वाचीत भएमा कम्तिमा ५० हजार डलरको आकस्मिक कोष स्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । निर्वाचनमा विजयी भएमा पहिलो कार्यसमिति बैठकबाट कोष संचालनको विधि, नीति र दायरा तय गरि संचालनमा ल्याउन एउटा छुट्टै स्वतन्त्र र निश्पक्ष समिति गठन गरिने बताउनु भयो । आफ्रना विभिन्न् ८ बुँदे प्रतिबद्धताहरु […]

नेपाल आउनेले ७ दिन क्वारेन्टिन बस्नु नपर्ने, सरकारले सच्यायो निर्णय

काठमाडौं – पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यान्वयन नहुने अध्यागमन विभागले जनाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने […]