विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी लिन सक्ने

काठमाडौँ – विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता […]

नेपाली राजदूतावास मलेसियाले शुरु गर्‍यो विद्युतीय राहदानी

काठमाडौं – नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुवात गरिएको हो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा […]

कन्सल्टेन्सीमाथि सरकारले बढायो निगरानी

काठमाडौँ – गृह मन्त्रालयले शैक्षिक कन्सल्टेन्सीमाथि निगरानी बढाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दर्ता नभई संचालीत शैक्षिक परामर्शदताहरुको निगरानी बढाएको हो । अध्ययनका लागि विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्ने क्रम बढेपछि मन्त्रालयले कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी समेत दिएको छ । विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि विद्यार्थीहरू विदेश जाँदा […]

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारमा देखिएका समस्या तत्काल सम्बोधन गर्ने प्रतिबद्धता

काठमाडौं – श्रम मन्त्रालयमा ‘कल सेन्टर’ को स्थापना गरिएको छ । वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने गरी ‘कल सेन्टर’ को स्थापना गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गर्नु भएको हो । कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई […]

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा सेल फोन चलाउन रोक

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन […]

बीस देशमा राजदूत खाली

काठमाडौँ – विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल […]

भिजिट भिसामा मलेसियासहित खाडी मुलुक जान नपाउने निर्णय संशोधन

काठमाडौं – गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान नपाउने निर्णय संशोधन गरेको छ । यसअघि कोरोना महामारीको बढ्दो संक्रमणका कारण सरकारले माघ १० बाट खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आज अर्को विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आफ्नो निर्णय संशोधन गरेको हो । भिजिट भिसामा जान […]