ललितपुर ।ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले (आस्था) मनोनयन दर्ता गराउनुभएको छ । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराउनुभएको हो । यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिनुभएको थियो । आशीर्वाद लिन उहाँहरु […]
भक्तपुर: नेपाली कांग्रेसले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले भक्तपुर नगरपालिकामा राम प्रसाद कासुला, मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्रीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसैगरी, उपमेयरमा चाँगुनारायण नगरपालिकामा सुभद्रा काफ्लेलाई बनाएको छ । उता सतागठबन्धनको तर्फबाट मध्यपुर थिमिमा नेकपा माओवादी […]
चरिकोट : कालिन्चोक गाउँपालिका प्रमुखमा युवा नेता गणेश शिवाकोटीले उम्मेदवारी दर्ता गराउनु भएको छ । शिवाकोटीले बाजागाजाका साथ भब्य रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो । स्थानीय तहको यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा शिवाकोटीले एमालको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । कालिन्चोक गाउँपलिका-८ सुनखानी निवासी शिवाकोटी यसअघि एमाले दोलखा-काठमाडौं सम्पर्क समितिको अध्यक्ष […]
भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिका प्रमुखमा पुन: बासुदेव थापालाई उठाउने निर्णय गरेको छ । थापालाई पुन: मेयरमा उठाउने निर्णय भएको हो । एमालेको तर्फबाट मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ पनि दोहोरिनु भएको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकामा हालका उपमेयर बिना बास्तोलालाई मेयर उम्मेदवार बनाइएको छ । भक्तपुर नगरपालिकामा रवीन्द्र लाछिमस्युलाई उम्मेदवार बनाइएको छ । […]
धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । यहाँ ८८ पालिका छन् । त्यसमध्ये ११ वटामा भने टुंगीन बाँकि छ । कुुन स्थानीय तहमा को उम्मेदवार ? कैलाली धनगढी उपमहानगरपालिका : मेयर– रणबहादुर चन्द, उपमेयर– कन्दकला रानाथारु टीकापुर नगरपालिका : मेयर– श्याम खत्री, उपमेयर–अनुपा केसी लम्कीचुुहा नगरपालिका : मेयर– महादेव […]
ललितपुर : ललितपुरमा कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन हुने भएको छ । यही ३० गते हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन हुने भएको हो । बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने […]
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । ८८ पृष्ठ लामो घोषणापत्रमा […]