बलेवा–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनु भएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । अठार वर्षदेखि रोकिएको आन्तरिक बढुवाको सुरुआत भएकाले शिक्षकमा ऊर्जा आउने उहाँले बताउनुभयो । प्रेस […]
विराटनगर। आज प्रदेश १ मा थप आठजना मन्त्री नियुक्त हुनुभएको छ । आठजना मन्त्री नियुक्त भएसगै मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री हुनुन्छ । मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप हुनु भएको छ। प्रदेश १ […]
काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा छ । यूके […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी ९श्रीपञ्चमी० तथा सरस्वती पुजाको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण अग्रज,दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ – साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर छ […]
काठमाडौँ – सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। बिहान मुम्बईको क्यान्डी अस्पतालमा ९२ वर्षीया मंगेस्करको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उहाँलाई पछिल्ला केहि दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो । उहाँले ३० […]
काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको जानकारी […]