महोत्तरी– माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त हुनुन्थ्यो । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उहा महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा […]
काठमाडौँ– श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्ने दलालहरूमाथि कारवाही हुने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका युवाहरूसँगको छलफलका क्रममा उहाँले त्यसरी अलपत्र पार्नेलाई कुनै हालतमा नछाड्ने बताउनु भएको हो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह गर्दै भिजिट भिसामार्फत् दुबईलगायत श्रम गन्तव्य मुलुकमा […]
मनाङ– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ ।विभागको प्रारम्भिक विवरण अनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो । विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने विसं २०७४ को जनसंख्याभन्दा अहिलेको […]
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार १४३ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौँमा मात्र २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २२० जनामा नयाँ संक्रमण देखिएको छ । ललितपुरमा ५२१ जना संक्रमित थपिएका छन् ।
काठमाडौँ- नेपालमा बिहीबारसम्म कोरोना भाइरस विरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई […]
काठमाडौं – राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले आज राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गर्नुभएको हो । यसअघि माघ २ गते अनिश्चित समयका लागि […]
काठमाडौं – नेपालमा एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार […]