नागरिकताको विषयलाई टुंगोमा पुर्‍याउन एनआरएनए प्रतिनिधिहरुको दौडधुप, शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट

काठमाडौं: सरकारले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक दर्ता गरेपछि गैर आवासीय नेपालीहरुले लबिङ तीब्र बनाएका छन् । गैर आवासीय नेपालीहरुले नेपालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै नागरिकता विधेयकका विषयमा लबिङ तीब्र बनाएका हुन् । संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक र प्रशासनीक अधिकारबाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने […]

एनआरएनको सुझाव अनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त छु: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीहरुको सुझाव अनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । सरकारले यसअघि संसदमा दर्ता गरेको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक संसदमा दर्ता गरेपछि विश्व सन्देशसँग कुराकानी गर्दैै अध्यक्ष पन्तले गैर आवासीय नेपालीहरुको सुझाव र भावनाअनुसार नै नागरिकता […]

एनसिसिएस कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं : एन सि सि एस कलेजले जुलाई ३ तारीखका दिन आकामा हाेटल धुम्बाराहीमा बि आई एम, बि एच एम, बि एस सि सिएसआईटी, बि बि एम र बि सि ए अध्ययनका लागि भर्ना भएका बिध्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम आयाेजना गरेको छ। उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल गणेशमान सिङ बस्नेतले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रममा अध्ययन अवधीभर […]

ओएसिस एजुकेशनको ब्राण्ड एम्बेसडरमा प्रियंका रानी जोशी

काठमाडौ : ओएसिस एजुकेशनले यस वर्षकी मिस नेपाल ओल्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई आफ्नो नयाँ ग्लोबल ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । पत्रकारिताकी विद्यार्थी तथा वहुआयामिक मिस नेपाल प्रियंका, आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलव्धीको प्रमुख कारण स्तरीय शिक्षा मान्छिन् । तसर्थ, उनी सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा […]

सिस्टरहुड कोरियाको पहिलो अधिवेशन सम्पन्न, पाण्डेको नेतृत्वमा कार्यसमिति गठन

सिओल :  किम्हे सिस्टरहुड कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णु पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समिति उपाध्यक्षमा योगीता गौतम र गंगा खतिवडा, सचिवमा रक्षा कार्की, स-सचिवमा कमला घले, कोषाध्यक्षमा दुर्गा रेग्मी र सहकोषाध्यक्षमा कल्पना काफ्ले चयन हुनु भएको छ । त्यस्तैगरि, कार्यसमितिको सदस्यहरुमा क्रमश ओसि लामा, प्रिती लामा र प्रतिभा […]

नागरिकता विधेयक फिर्ता भएपनि एनआरएनको अधिकार कसैले खोस्न सक्दैन: सोनाम लामा (भिडियो रिपोर्ट)

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले सरकारले नागरिकता विधेयक फिर्ता लिए पनि गैर आवासीय नेपालीको नागरिकता सुनीश्चित रहेको बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्न हुँदै संयोजक लामाले संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय स्पष्ट उल्लेख भएकाले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने स्पष्ट […]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]