तेलको मूल्यमा गिरावट, पेट्रोल, डिजल र मट्टितेलको भाउ १०–१० रुपैयाँ घट्यो

काठमाडौं : काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ १०–१० रुपैयाँ घटाएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएका कारण बुधबार रातिदेखि लागू हुनेगरी इन्धनको भाउ घटाएको निगमले जनाएको छ ।

एनआरएनएको ‘आपतकालिन राहत कोष’ मा १ करोड ९३ लाख जम्मा, कसको कती सहयोग ? (विवरणसहित )

काठमाडौं : “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” मा  १ करोड ९२  लाख ७ हजार ६०० सय रुपैयाँ जम्मा भएको छ । एनआरएनएले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने निर्णयअनुरुप अहिलेसम्म ३४ जना दाताबाट सो रकम जम्मा भइसकेको एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी गराउनुभयो । अन्य रकम समेत उठ्ने क्रम जारी छ […]

एनआरएनए नर्वेद्धारा जटिल आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय

नर्वे : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नर्वेले कोरोना भाइरसको कारण जटिल आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ । गैर आवाशीय नेपाली संघ, नर्वेको आयोजनामा नर्वे स्थित विभिन्न संस्थाका प्रतिनिधिहरुसँगै हालै भएको बैठकले कोरोना भाइरसको कारण उत्पन्न वर्तमान जटिल परिस्थितिको बारेमा छलफल गर्दै सहयोग गर्ने निर्णय गरेको हो । बैठकले महामारीबाट […]

कोरोना परिक्षण गर्ने २ हजार किट नेपाल पठाउन कोरियामा रहेका नेपालीद्धारा १ करोड १५ लाख संकलन

सौल (कोरिया ) : तीन घन्टामै कोरोना परिक्षण गर्न सकिने २ हजार टेष्ट किट नेपाल पठाउन कोरियामा रहेका नेपालीले १ करोडभन्दा बढी रकम संकलन गरेका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए) कोरियाको नेतृत्वमा नेपालमा कोरोना भाइरस परिक्षण गर्ने टेष्ट किटको लागि कोरियामा ‘एक ब्यक्ति एक किट्स’ अभियान सञ्चालन गरिएको थियो । अभियान अन्र्तगत कोरियामा […]

एनआरएनए अमेरिकाले जटिल आर्थिक अवस्था भएकालाई ३०० अमेरिकी डलर वरावरको अति आवश्यक सामाग्री सहयोग गर्ने

एनआरएनए एनसिसि युएसएका अध्यक्ष सुनिल कुमार शाहको संयोजकत्वमा  COVID-19 Support Highlevel Committee र स्वास्थ्य सम्बन्धि उचित जानकारी दिन सकियोस भन्ने हेतुले एनआरएनए एनसिसि युएसएका प्रमुख संरक्षक डा. केशब पौडलको संयोजकत्वमा COVID-19 Medical Response Team गठन न्यूयोर्क (अमेरिका) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले कोरोना महामारीको कारण समस्यामा परेका जटिल आर्थिक अवस्था भएकालाई ३०० अमेरिकी […]

पर्यटनमन्त्री भट्टराईको आग्रहपछि बुद्ध एयरले घटायो भाडाको अधिकतम् सीमा

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि […]

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

काठमाडौं : सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन प्रतिबन्ध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानअनुसार यातायात व्यवस्था विभागले उपत्यकाबाहेकका जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान नपाउने व्यवस्था गरेको हो । सरकारको यो निर्णय सँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लैजान पाइने छैन ।  यातायत […]