एनआरएनप्रतिको अविश्वास चिर्दै संस्थाको गरिमा बढाउने गरि काम गर्नेछु: महेश श्रेष्ठ

बहराईन : आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउनु भएको छ । एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनुभएको हो । मध्यपूर्वको भ्रमणमा रहनु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले एनसिसी बहराईनले आयोजना गरेको स्वागत कार्यक्रममा […]

एनआरएनए सचिव पदका उम्मेदवार दयानिधि सापकोटा ५ एजेण्डासहित चुनावी अभियानमा

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, […]

एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमको सचिव पदमा उम्मेदवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ […]

युरोप भ्रमणले उत्साहित एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ, हाल मध्यपूर्व भ्रमणमा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने निर्बाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थले यूरोप भ्रमण गर्नु भएको छ । यूरोप भ्रमणको क्रममा विभिन्न एआरएनए एनसिसीसँग छलफल तथा भेटघाट कार्यक्रम समेत गर्नु भएको छ । जर्मनी , डेनमार्क, बेल्जीयम, माल्टा, पोर्चुगल र स्पेनमा भएको भेटघाट तथा अन्तर्रकृया कार्यक्रम निकै नै उत्साहपद भएको […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपूर्व भ्रमणमा जाने

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ बिहीबार मध्यपपूर्व भ्रमणमा निस्कनु हुने भएको छ । श्रेष्ठले मध्यपूर्वको बहराईन, कुवेत, साउदी अरव, कतार, यूएई, ओमानको भ्रमण गर्ने कार्यक्रम तय भएको हो । मध्यपूर्वको भ्रमण सकाएर श्रेष्ठले एसिया प्याशिफिकका मलेसिया, कोरिया, थाईल्याण्डलगायतका देशमा भ्रमण गर्ने कार्यक्रम छ । काठमाडौंबाट अध्यक्षमा औपचारिक […]

एनआरएनए उपाध्यक्षको तयारीमा सचिव राजन त्रिपाठी

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा राजन त्रिपाठीले उपाध्यक्ष पदमा उम्मेदवारी दिन तयारी थाल्नु भएको छ । एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको त्रिपाठीलाई गैर आवासीय नेपाली अभियन्ताहरुबाट उपाध्यक्षका लागि सुझाव आएपछि तयारीमा जुट्नु भएको हो । स्रोतका अनुसार त्रिपाठी महेश श्रेष्ठको टिममा पर्नु भएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रको […]

विदेशी ज्ञान, सीप र प्रविधि नेपाल भित्राउने हुटहुटी बोकेका गणेश केसीको एनआरएनए उपाध्यक्षमा उम्मेदवारी, सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रमुख एजेन्डा

सिड्नी: यतीबेला बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै युवाहरु वैदेशिक रोजगारतर्फ उन्मुख भइरहेका छन् । ती युवाहरुले विदेशमा सीकेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा लगानी गर्ने हो भने भोलीको पुस्ताले नेपालमा नै आफ्नो भविष्य देख्नेछ । वास्तवमै देशमा रोजगार, स्वरोजगार अनि सीपलाई सही मार्गनिर्देशन दिने वातावरणको आवश्यकता […]