एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र दिगो बनाउन महासचिवमा पुन: उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुन महासचिवमै उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ । जोशीले संस्थालाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउनका लागि महासचिव पदमै पुन उम्मेदवारी घोषणा गरेको बताउनु भएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठद्धारा एनसिसी कुवेतको राहत कोषमा ५ लाख सहयोग

कुवेत: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोग गर्नु भएको छ । एनसिसी कुवेतले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका कुवेत पुग्नु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्नु भएको हो । सो अवसरमा श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड […]

एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]

एनआरएनएलाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउनेछु: महेश कुमार श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले ंस्थालाई थप परिस्कृत, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफू निर्वाचीत भएपछि गैर आवासीय नेपालीको गरीमा उच्च बनाउने गरि संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने बताउनुभएको हो । ‘आसन्न महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको ६ महिनाभित्र विस्तृत भिजनरी […]

एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलको एसिया प्याशिफिक संयोजकमा उम्मेदवारी

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गर्नु भएको छ । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । पौडेलले आफ्ना विभिन्न ९ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ । प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र […]

युवा सहभागिता र दोस्रो पुस्ता समावेश एनआरएनए निर्माणका लागि मेरो उम्मेदवारी: दिपक कँडेल, डिआरसी उम्मेदवार, एसिया प्याशिफिक

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९(२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम […]

एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]