नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौँ: नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा हस्ताक्षर गर्नुभयो । सहमती पत्रमा दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने उल्लेख गरिएको छ । […]

बेलायतमा काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयरमा निर्वाचीत

शिव भण्डारी/लन्डन काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित हुनुभएको छ । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन्। बार्नेट काउन्सिलले […]

दिल्लीस्थित नेपाली दूतावासको एनओसी प्रावधानले अफ्रिकी मुलुक जाने ५ हजार नेपाली प्रभावित

काठमाडौँ : भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा दिल्ली दूतावासको सहमति पत्र (एनओसी) अनिवार्य चाहिने प्रावधान ‘विवादास्पद’ बनेको छ । विशेषत रोजगारीका निम्ति अफ्रिकी मुलुकहरुमा गएर बसेका झण्डै ५ हजार नेपालीले तोकिएको सेवाशर्त तथा सस्तो टिकट मूल्य आधारमा दिल्ली हुँदै आवतजावत गर्नुपर्ने अवस्थामा एनओसीको प्रावधानले अनावश्यक झन्झट थपिदिएको हो। […]

भारतीय निर्वाचन सर्वेक्षण : नरेन्द्र मोदी पुन: प्रधानमन्त्री

काठमाडौं : भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । लोकसभा निर्वाचपछि विभिन्न मतसर्वेक्षणका रिपोट आइरहेका छन् । पछिल्लो समय आइरहेका एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुन प्रधानमन्त्री हुने देखिएको बताइएको छ। चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय […]

अस्ट्रेलिया निर्वाचन: प्रधानमन्त्री मोरिसन नेतृत्वको गठबन्धनको ‘आश्चर्यजनक जित’

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुर्ननिर्वाचित गराएको भन्दै धन्यवाद दिएका छन्।  उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ‘आफूले सधैँ आश्चर्यमा विश्वास गरेको’ बताएका थिए। आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो। विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन्।  एग्जिट पोल भनिने […]

कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार: अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट रकम पठाउन सकिने

काठमाडौं : कुवेतमा मेगा बैंक नेपालले ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरूमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा […]

जापान रोजगार अनिश्चित

काठमाडौं: आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। […]