काठमाडौं : भक्तपुर गुन्डुका राजेन्द्र वाग्ले डलास फोटवर्थ नजिकको शहर शेरमन सिटीको किप शेरमन ब्युटिफुल कमिसनको बोर्ड अफ मेम्वरमा नियुक्त हुनुभएको छ । वाग्लेलाई मे ७ , २०१९ देखि जनवरी १, २०२१ सम्मका लागि सो कमिसनको बोर्ड मेम्वरमा नियुक्त गरिएको हो । उहाँलाई नियुक्त गरिएको पत्र त्यहाँका मेयर डेविड प्लेलरले पठाएका हुन् । वाग्ले डेमोक्रेट […]
काठमाडौंः वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को सहयोगमा नेपाल ल्याउने […]
टोकियो : जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन हुँदैछ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिने फेस्टिवल विशेष गरि नेपालको पर्यटन […]
काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य छन् । उनीहरु दुवैको मृत्यु लेक लागेर तथा थकाइका कारण भएको जनाइएको छ । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको […]
धनगढी : बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दै गर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका […]
काठमाडौं: वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा छापा मारि कागतपत्र नियन्त्रणमा लिएको छ । विभागले जुपिटर ओभरसीज प्रालि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएको हो । विभागका अनुसार म्यानपावर कम्पनीमा विमागका महानिर्देशक डा. भिष्मकुमार भूषालकै नेतृत्वमा छापा मारिएको हो । ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै […]
हङकङ : हङकङमा २५६३ औ बुद्ध जयन्तीको अवसरमा ‘बृहत्त शान्ती पद-यात्रा’ आयोजना गरिएको छ । हङकङमा रहेका विभिन्न संघसंस्थाको सहभागितामा शान्ती पदयात्रा आयोजना गरिएको हो । एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङका अनुसार पद-यात्रामा सयौको सहभागिता रहेको थियो । हेर्नुहोस तस्विरमा पदयात्रा;