काठमाडौं: क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।
हङकङ: हङकङमा आगामी २६ मे का दिन सगरमाथा दिवसको अवसरमा आयोजना गरिन लागिएको एभरेष्ट हाइकिङको तयारी शूरु भएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिने कार्यक्रम छ । मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन […]
टोकियो: जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक ‘नेपाल फेस्टिबल’ आयोजना गरिने भएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन गर्न लागिएको हो। भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली […]
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ । निगमले टोकियोको नारितामा उडान अनुमति पाएपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई उडान गर्ने योजना रहेको पनि जनाएको छ । स्थापनाको ६१ […]
काठमाण्डौ: नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । सहमती जुटेसँगै ओमान सरकारले पनि शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका हुन् । दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज […]
लन्डन : बेलायतको अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका प्रवेश केसी विजयी हुनुभएको छ । युवा व्यवसायी तथा समाजसेवी केसी बिहीवार भएको स्थानीय चुनावमा काउन्सिलरमा विजयी हुनुभएको हो । केसीले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी हुनुभएको हो । केसीले ३२८ मत ल्याएर विजयी हुनभयो । कुल ७ सय […]
लन्डन : नायिक श्वेता खडका बिरामी भएपछि चलचित्र ‘हेलो जिन्दगी’ को छायांकन प्रभावीत भएको छ । लन्डनमा छायांकन भइरहेको चलचित्र ‘हेलो जिन्दगी’ प्रभावीत भएपछि चलभित्र युनिट नेपाल फर्कने भएको छ । अहिले लन्डनमा रहेको निर्माण टोलीले आधा सिनेकर्मी चार दिन अभि नै काठमाडौं फर्काइकेको छ । तीन साताअघि चलचित्र ‘हेलो जिन्दगी’ छायांँकनका लागि युनिट बेलायत […]