कागेश्वरी मनोहराको डाँछी–भद्रवास खानेपानी आयोजना अन्तिम चरणमा, दशैंसम्म वितरण हुने, काँडाघारी र गोठाटार-भैमालको निर्माणमा तीब्रता

काठमाडौंं: कागेश्वरी मनोहरा नगरपालिकामा सन्चालित डाँछी–भद्रवास बृहत्त खानेपानी आयोजनाको निर्माण ९० प्रतिशत पूरा भएको छ । सो खानेपानी आयोजनाबाट तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । एसीयाली विकास बैंकले करिब ७० प्रतिशत अनुदान उपलब्ध गराएको र बाँकी रकम नगरपालिका तथा उपभोक्ता समितिबाट जुटाइने व्यवस्था मिलाइएको छ । ६० करोड लागतको डाँछी–भद्रवास बृहत्त खानेपानी आयोजनाबाट […]

सूर्यविनायक नगरपालिकामा बासुदेव थापा नेतृत्वको आठ वर्ष : हालसम्मका सबै निर्णयहरु सर्वसम्मत, पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगती, अधुरा योजना पूरा गरेरै छाड्ने अठोट

देशमा राज्य पुनर्सरचना पछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट बासुदेव थापा निर्वाचीत हुनुभयो ।  पहिलो पटक निर्वाचीत हुनु भएपछि नगर प्रमुख थापाको नेतृत्वमा पहिलो कार्यकालमा सूर्यविनायक नगरपालिकामा बलियो जग बसाल्ने कार्य भयो । विशेष गरि निर्वाचीत भएपछि सबैको साझा ब्यक्तीत्वको रुपमा आफ्ना काम कारवाहीलाई अगाड […]

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा ३ अर्ब १५ करोड रूपैयाँको बजेट सार्वजनीक

काठमाडौं :  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी कुल ३ अर्ब १५ करोड, ७५ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, महिला सशक्तिकरण, प्रविधि तथा सामाजिक समावेशीकरणजस्ता विविध क्षेत्रमा प्रभावकारी र दिगो विकासका लागि बहुआयामिक नीतिहरू अवलम्बन गर्ने घोषणा गरेको छ। कागेश्वरी […]

सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन भब्यताका साथ सम्पन्न, सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित

कटुञ्जे : सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि शूरु अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सोमबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले […]

कार्यसम्पादन मूल्यांकनमा कागेश्वरी मनोहरा नगरपालिकाको फड्को, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि ल्यायो उत्कृष्ठ अंक

काठमाडौं (थली) : कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा पनि हालसम्मकै उत्कृष्ठ अंक ल्याउन सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’ मा जस्तै (एफआरए) मा पनि उत्कृष्ठ अंक ल्याउन सफल भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा ८७ अंक सूचाङ्कसहित […]

‘नगरकोट भ्रमण वर्ष २०८२’ सफल बनाउन चाँगुनारायणसँग सहकार्य गर्ने बनेपा, मण्डनदेउपुर र शंखरापुर नगरपालिकाको सामूहिक प्रतिबद्धता, पर्यटन व्यवसायी उत्साहित

नगरकोट: चाँगुनारायण नगरपालिकाको आयोजनामा मनाउन लागिएको नगरकोट भ्रमण बर्ष २०८२ सफल बनाउन काभ्रेका मण्डन देउपुर, बनेपा र काठमाडौंको शंखरापुर नगरपालिकाले सामूहिक रुपमा सहकार्य गर्ने भएका छन् । नगरकोट काठमाडौं, भक्तपुर र काभ्रेका तीन जिल्लाको चार नगरपालिकाको संगमस्थलको रुपमा रहेको छ । चाँगुनारायण नगरपालिकामा २०७९ सालमा जीवन खत्री नेतृत्वमा नयाँ जनप्रतिनिधि निर्वाचीत भएपछि बसेको पहिलो कार्यपालिका […]

चाँगुनारायणमा एक वर्षमा ८९० योजना कार्यान्वयन, ६ किलोमिटर सडक कालोपत्रे, ४३ वटा भवन निर्माण

काठमाडौं: चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका छन् । उपभोक्ता समिति मार्फत ८ सय ४८ र ठेक्का प्रक्रिया मार्फत ४२ गरि जम्मा ८ सय ९० वटा योजना कार्यान्वयन भएका हुन् । ठेक्का प्रक्रियामा रहेका मध्ये २६ वटा योजना कार्यसम्पन्न भईसकेका छन् भने १५ वटाको म्याद थप गरिएको छ […]