काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब देशभरका नापी तथा मालपोत कार्यालयहरूमा बिचौलिया (अनधिकृत व्यक्ति) लाई प्रवेश निषेध गर्ने निर्देशन जारी गरेको छ। मन्त्रालयका अनुसार अबदेखि परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालय प्रवेश गर्न पाइनेछ। यस कदमले सेवाग्राहीको काम छिटो, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ। काठमाडौं स्थित सम्बन्धित कार्यालयहरू सहित […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भोलि (बिहीबार) देखि परीक्षा सुरु हुँदैछ। यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुनेछन्। देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ भने एक केन्द्र जापानमा पनि रहेको छ। परीक्षा बोर्डले प्रश्नपत्र, उत्तरपुस्तिका वितरण, केन्द्राध्यक्ष र […]
भक्तपुरको सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरप्रमुख बासुदेव थापाले प्रणालीको उद्घाटन गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार डिजिटल घर नम्बर प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज […]
मध्यपूर्वमा पछिल्ला दिनहरूमा बढ्दै गएको ईरान–ईजरायल तनावले खाडी क्षेत्रको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ। यही क्षेत्र रोजगारीको प्रमुख गन्तव्य भएकाले लाखौँ नेपाली श्रमिक प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने अवस्थामा छन्। करिब १७ लाखभन्दा बढी नेपाली खाडी तथा आसपासका देशहरूमा कार्यरत रहेको अनुमान छ। तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्समा करिब सात लाख नेपाली छन्। साउदी अरबमा तीन […]
काठमाडौं। आसन्न १२औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी तथा वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने हुनुभएको छ। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण थाल्न लाग्नुभएको हो। उहाँले हालै सार्वजनिक गर्नुभएको ‘बृहत् एकताका लागि अपिल’ पछि चुनावी माहोल थप तातेको छ। उक्त […]
काभ्रे २ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक कुमार ब्याञ्जुले जनताको सेवा र देशको समृद्धिलाई आफ्नो मुख्य उद्देश्य बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । ब्याञ्जु नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि सामाजिक तथा विकासका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ब्याञ्जुले जनताको विश्वास र साथले मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ […]
काठमाडौं । देशका विभिन्न भागमा वन डढेलोको खतरा बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षका तथ्याङ्क विश्लेषण गर्दै नौ जिल्ला वन डढेलोको उच्च जोखिम क्षेत्रमा रहेको जनाएको छ। उच्च जोखिममा परेका जिल्लाहरूमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत रहेका छन्। त्यसैगरी, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, […]