मधेस प्रदेशको बजेट खर्च निराशाजनक : नौ महिनामा मात्र ९ प्रतिशत खर्च

जनकपुरधाम — मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पूँजीगत बजेटको अत्यन्त न्यून ९.०४ प्रतिशत मात्र खर्च गरेको छ, जुन निकै निराशाजनक देखिएको छ। पूँजीगततर्फ विनियोजित ३० अर्ब ८६ करोड १७ लाख ३४ हजार रुपैयाँमध्ये हालसम्म २ अर्ब ७८ करोड ९१ लाख १० हजार १७९ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक […]

आयल निगमले भन्यो – कच्चा तेलसँग तुलना गरेर इन्धनको मूल्यबारे भ्रममा नपरौँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति नेपाल आयल निगमले स्पष्ट पारेको छ। निगमका अनुसार नेपालमा कच्चा तेल (क्रूड आयल) होइन, प्रशोधित पेट्रोल र डिजेल आयात हुने भएकाले मूल्य तुलना पनि प्रशोधित इन्धनसँगै गर्नुपर्ने हुन्छ। निगमका प्रवक्ता मनोज ठाकुरले क्रूड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुने भएकाले गलत तुलना गरेर भ्रम […]

मालपोत र नापी कार्यालयमा बिचौलिया प्रवेश निषेध, सेवाग्राहीलाई सहज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब देशभरका नापी तथा मालपोत कार्यालयहरूमा बिचौलिया (अनधिकृत व्यक्ति) लाई प्रवेश निषेध गर्ने निर्देशन जारी गरेको छ। मन्त्रालयका अनुसार अबदेखि परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालय प्रवेश गर्न पाइनेछ। यस कदमले सेवाग्राहीको काम छिटो, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ। काठमाडौं स्थित सम्बन्धित कार्यालयहरू सहित […]

एक पटकमा एटीएमबाट २० हजारभन्दा धेरै निकाल्न नपाइने, दिनमा ५० हजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा घटाएको हो । हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । नयाँ […]

बागमती प्रदेशमा १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार

हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित १० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार सार्वजनिक निर्माण सम्बन्धी आयोजनाको कार्यान्वयन सम्बन्धमा प्रदेशका सबै मन्त्रालय र मातहतका निकायलाई १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षको […]

३ करोडभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । त्यस्तै, ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय पनि गरिएको छ । अर्थमन्त्री रामेश्वर […]

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो, मनोज सिलवाल नियुक्त

काठमाडौं:  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री […]