गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय बढ्दो भ्रष्टाचार र त्यसविरुद्धको कारबाहीबारे कडा अभिव्यक्ति दिएका छन्। उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा अनियमितता गर्दै आएको समूह अहिले कारबाहीको डरले आत्तिएको बताएका छन्। “राष्ट्रको पैसा लुट्नेहरूले अहिले मिडिया ट्रायल र प्रायोजित हल्लामार्फत भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर त्यो उनीहरूको छटपटी मात्र हो,” उनले भने। गृहमन्त्री गुरुङका अनुसार भ्रष्टाचारविरुद्धको अभियान […]
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई आज निर्देशन दिनुभएको छ। छलफलका क्रममा उपकुलपतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताउनु भएको थियो। प्रधानमन्त्री शाहले भने अस्पताल, […]
गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर फैलिएका विभिन्न आरोपप्रति स्पष्टीकरण दिएका छन्। उनले आफूले २ करोडभन्दा बढी सेयर लगानी सम्पत्ति विवरणमै खुलाएको भन्दै “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप भ्रामक भएको बताएका छन् । उनका अनुसार सेयर लगानी बैंकिङ च्यानलमार्फत भएको र रकमको स्रोत ऋणमार्फत जुटाइएको स्पष्ट रेकर्डमा रहेको छ। एउटै कम्पनीमा लगानी […]
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङ माथि लागेको आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त प्रारम्भ गर्न सरकारसँग माग गरेको छ। कांग्रेसका अनुसार आरोपहरूको ढाकछोप भए जनविश्वासमाथि गम्भीर आघात पुग्नेछ, त्यसैले छानबिनमा कुनै ढिलासुस्ती वा प्रभाव नपुग्न आग्रह गरिएको छ। यसैगरी, मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने र अनुसन्धानलाई पूर्ण रूपमा प्रभावरहित बनाउन आवश्यक वातावरण […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धिताल ले पत्रकारिता क्षेत्रमा महिलामाथि हुने रूपकेन्द्रित प्रश्नप्रति गम्भीर आपत्ति जनाउँदै मिडियालाई प्रश्नको स्तर उकास्न आग्रह गर्नुभएको छ। धितालले युवा महिलासँग अन्तर्वार्ता लिँदा “राम्री हुनुहुन्छ”, “चिटिक्क देखिनु भयो” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले महिलालाई विषयवस्तुबाट हटाएर बाह्य रूपमै सीमित गर्ने बताउनुभयो। उहाँका अनुसार यस्तो […]
जनकपुरधाम — मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पूँजीगत बजेटको अत्यन्त न्यून ९.०४ प्रतिशत मात्र खर्च गरेको छ, जुन निकै निराशाजनक देखिएको छ। पूँजीगततर्फ विनियोजित ३० अर्ब ८६ करोड १७ लाख ३४ हजार रुपैयाँमध्ये हालसम्म २ अर्ब ७८ करोड ९१ लाख १० हजार १७९ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक […]
भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा चर्चित गायक प्रमोद खरेल र दुर्गेश थापा ले एकै मञ्चबाट प्रस्तुति दिँदै सांगीतिक माहोल तताउने भएका छन्। भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको अवसरमा साँझ “भक्तपुर वाइल्ड फायर नाइट” आयोजना हुँदैछ। आयोजक औद्योगिक शान्ति नेपाल का अध्यक्ष सन्दिप महतका अनुसार, कार्यक्रममा दुर्गेशका ‘दुश्मन हेरेको हेरै’ लगायतका […]