ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएको छ । आयोगले बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको हो । एक विज्ञप्ति जारी गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले […]

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन […]

सीआईबी पुगेर गृहमन्त्री भन्छन् : राजनीतिक कनेक्सनको आडमा थन्क्याइएका फाइल अब खुल्छन्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुगमन गर्नु भएको छ । जेनजी प्रदर्शनका क्रममा ब्युरो कार्यालय तोडफोड तथा कागजात जलाइएको थियो । सो क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले अब अपराध अनुसन्धान नरोकिने र ब्रेक थ्रु हुने बताउनुभयो । ‘अब राजनीतिक कनेक्सनको आडमा ढाकछोप हुने दिन गए, अनुसन्धान अघि बढ्छ’, उहाँले भन्नुभयो […]

मतदाता नामावली संकलन सुरु, ३० कात्तिकसम्म दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले हालै अध्यादेशमार्फत जेनजीलाई लक्षित गरी मतदाता नामावली संकलनको प्रक्रिया सुरु गरेको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले देशभर मतदाता नामावली दर्ता अभियान सञ्चालनमा ल्याएको हो। आयोगका अनुसार १६ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा पुगेर आफ्नो […]

धुलो टकटक्याउँदै जनतालाई अनुभूति हुनेगरी काम गर्छु: संचारमन्त्री खरेल

प्रमुख १० सहरका सावर्जनिक स्थानमा निःशुल्क वाइफाइ काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नु भएको छ । सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने […]

जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद […]

सरकारद्वारा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको लागि करिब १० अर्ब रुपैयाँ निकासा

काठमाडौं — सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान वापत झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। शनिबार अर्थमन्त्री रामेश्वर खनालको संयोजकत्वमा बसेको मन्त्रीस्तरीय निर्णयमार्फत ९ अर्ब ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराइएको हो। चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिकमा विनियोजित रकमलाई संशोधन गरी पहिलो त्रैमासिकमै […]