आन्दोलन र तोडफोडपछि प्रहरीलाई काममा फर्किन समस्या

काठमाडौं । देशभर भएको आन्दोलन र तोडफोडका घटनापछि नेपाल प्रहरीले काममा फर्किन समस्या भएको जनाएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले भिडियो सन्देशमार्फत सो कुरा बताउनु भएको हो । आन्दोलनका क्रममा भएको आगजनी, तोडफोडले प्रहरीको भौतिक संरचना, उपकरण लगायतमा गम्भीर असर पुगेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयहरू, सवारी साधनहरू र पोशाकसमेत जलेर नष्ट […]

दसैं तिहार लगायत मुख्य पर्वका लागि सुकिला नोट सटही सुरु

काठमाडौं । दसैं तिहार लगायत मुख्य पर्वका लागि सुकिला नोट सटही सुरु भएको छ । सुकिला नोट सटही आगामी असोज १० गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको थापाथलीस्थित बैंकको मुद्रा व्यवस्थापन विभाग, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालय तथा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सेवा लिन […]

अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएको हो । खनाल अर्थ प्रशासनका विज्ञ मानीनुहुन्छ। अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदा खनालले आर्थिक सुधारको पक्षमा निरन्तर काम गर्दै आउनु भएके छ । उहाँले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको […]

कुलमान घिसिङलाई भौतीक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले तीन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी दिनु भएको हो । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सिँचाइ र जलस्रोत, र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो । तयस्तै, अर्थमन्त्रीमा पूर्वअर्थ सचिवसमेत रहनु भएको रामेश्वर खनाललाई जिम्मेवारी दिइएको छ […]

ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिनु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कानूनी सल्लाहकार समेत रहनु भएको अधिवक्ता अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँ नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा सक्रिय हुनुहुन्छ । गुल्मीको इस्मा घर भएका अर्यालले […]

युरोकिड्स भक्तपुरको ‘Euro Helping Fund’ अभियानः जन्मदिनको खुसीलाई सामाजिक सेवामा रूपान्तरण

भक्तपुर — भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंं ५ सृजनानगर स्थित युरोकिड्स विद्यालयले विद्यार्थीहरूको जन्मदिनलाई नयाँ ढंगले मनाउन थालेको छ। अब विद्यार्थीको जन्मदिन केवल केक काट्ने र उत्सव मनाउने दिनमा मात्र सीमित नगरि सामाजीक कार्यमा पनि लगाउन थालीएको हो । विद्यालयले सुरु गरेको “Euro Helping Fund” अभियानले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै अपाङ्गता भएका बालबालिकाको जीवनमा आशा […]

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौं – सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनु भएको छ । वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त हुनु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति कार्यालयले भण्डारीलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेको हो। यसअघि रमेश बडालले आजै महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको थियो । उहाँको राजीनामालाई स्वीकृत गर्दै सरकारले तुरुन्तै भण्डारीको नाम सिफारिस गरेको […]