सुशासन र संस्थागत सुधारमा शंङ्खरापुर नगरपालिकाको फड्को : ल्यायो अहिलेसम्मकै उत्कृष्ठ अंक

काठमाडौं (शंङ्खरापुर)  – शंङ्खरापुर नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा संस्थागत सुधार र वित्तीय सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै उदाहरणीय सफलता हात पारेको छ। नगर प्रमुख रमेश नापितको नेतृत्वमा र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको कुशल व्यवस्थापनमा नगरपालिका द्रुत गतिमा समृद्धिको दिशामा अघि बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्थानीय […]

मोरङको ब्राईट फ्युचर स्कुलमा ’बुक फ्रि डे’ प्रभावकारी, सीप र संस्कार प्राथमिकतामा, आईटी कक्षा समेत संचालन

मोरङ ।  सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको  ब्राईट फ्युचर सेकेण्डरी स्कुलमा ’बुक फ्रि डे’ प्रभावकारी बन्दै गएको छ । विद्यालयले यहि शैक्षिक सत्रबाट ’बुक फ्रि डे’  शुरु गरेको हो । नियमित पाठ्यपुस्तकको भर नपरी विद्यार्थीलाई व्यवहारिक र सिर्जनात्मक सिकाइतर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुरु गरिएको सो कार्यक्रम करिब पाँच महिनाको छोटो अवधिमा नै अत्यन्तै […]

निजी विद्यालय संगठनले देशभर एकसाथ बृहत् विरोध सभा गर्ने

काठमाडौं । संघीय शिक्षा ऐन २०८० को मस्यौदाविरुद्ध निजी विद्यालय संगठनहरुको आज बिहान ११ बजे देशभर एकसाथ बृहत् विरोध सभा आयोजना गर्ने भएको छ । प्रस्तावित ऐनले निजी क्षेत्रको अधिकार र स्वायत्तता कुण्ठित गरेको भन्दै निजी विद्यालय संगठनहरुले तीन सातायता आन्दोलनका चरणबद्ध कार्यक्रम गरिरहेका हुन् । पछिल्लो समय उनिहरुले आन्दोलनलाई अझ शशक्त बनाईरहेका छन् । […]

अन्तर्राष्ट्रिय मञ्चमा धुलिखेल नगरपालिका : जलवायु परिवर्तनजस्तो विश्वव्यापी समस्याको समाधान स्थानीय तहबाट सुरु हुन सक्ने सन्देश

काठमाडौं । धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले एसीयाली क्षेत्रमा देखिएका जलवायु परिवर्तनका चुनौतीहरु र दिगो विकासका विषयमा स्थानीय सरकारको भूमिकालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्नु भएको छ । पछिल्लो समय जलवायु परिवर्तन विश्वव्यापी चुनौती बन्दै गएको छ । सो न्यूनिकरणका लागि स्थानीय सरकारले खेल्न सक्ने भूमिकाबारे मेयर ब्यान्जुले सिटीनेट र इनहाफको संयुक्त आयोजना मंगलबार (आज) […]

विपद्मा परि २ सय ९ जनाको मृत्यु, ७ सय ८५ जना घाइते

काठमाडौं । पछिल्लो पाँच महिनाको हाराहारीमा देशभर विभिन्न विपद्मा परि २ सय ९ जनाको मृत्यु भएको छ । बैसाख देखी भदौको मध्यसम्मको अवधिमा २ सय ९ जनाको विपद्मा परि मृत्यु भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा २२ जना बेपत्ता भएका छन् । ७ सय ८५ जना […]

मोरङको सुनवर्षी नगरपालिका– ३ र ६ मा दुई भुमिगत सिंचाइ आयोजना हस्तान्तरण, कृषकलाई वर्षभरको सिंचाइ सुविधा

मोरङ । सुनवर्षी नगरपालिका–३ को खयर टोल र वडा नं. ६ को वावानाडोमा निर्माण सम्पन्न दुई महत्वपूर्ण भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज (बिहीबार) औपचारिक कार्यक्रम गरि दुबै भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सिंचाइ पहुँच विस्तारका लागि स्थानीय सरकारको प्राथमिकतामा परेका सो आयोजना सम्पन्न भएसँगै स्थानीय कृषकको […]

धुलिखेल नगरपालिकामा नेपालमै पहिलो पटक एआई प्रविधिमार्फत सार्वजनिक सेवा प्रदान, ‘टिंग टिंग’ बाट सबै जानकारी नेपाली भाषामै पाईने

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेपालमै पहिलो पटक एआई प्रविधिमार्फत सार्वजनिक सेवा प्रदान गर्ने कार्यको सुरु भएको छ । नगरपालिकाले एआई प्रणालीमार्फत स्मार्ट नागरिक सेवा सुरु गरेको हो । अबदेखि नगर क्षेत्रभित्रका कुनै पनि नागरिकले नीतिगत, कानुनी तथा सेवा सम्बन्धी सम्पूर्ण जानकारी तथा मार्गदर्शन ‘टिंग टिंग’ नामक एआई प्रणालीमार्फत नेपाली भाषामै प्राप्त गर्न सक्नेछन् । […]