काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको छ। सरकारको सिफारिसअनुसार वैशाख २८ गतेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो।
काठमाडौं: सरकारले वैशाख २८ गते संघीय संसद्को बैठक बोलाउन रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। सरकारको यस निर्णयसँगै नीति, विधेयक र समसामयिक विषयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले अध्यादेश जारी गर्न पुनः सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले उक्त अध्यादेश आज स्वीकृत गरेको हो। यसअघि सरकारबाट सिफारिस गरिएका आठ अध्यादेशमध्ये सात वटा जारी भइसकेका थिए भने संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता पठाइएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेश पुनः […]
काठमाडौ : सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए।
काठमाडौँ : उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा देखिएको अतिक्रमण र अव्यवस्थित बसोबास व्यवस्थापनका विषयमा फैलिरहेका विभिन्न टिप्पणी तथा व्याख्याप्रति प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री शाहका अनुसार सरकारले अघि बढाएको यो प्रक्रिया कुनै पनि नागरिकलाई उठिबास लगाउने उद्देश्यले नभई भूमिहीन तथा असुरक्षित रूपमा बसोबास गर्न बाध्य नागरिकका लागि […]
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरेका छन्। यसअघि शनिबारसम्म उनले सातवटा अध्यादेश जारी गरिसकेका थिए। यसैबीच, सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति कार्यालयले पुनर्विचारका लागि फिर्ता पठाएको छ। पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय, सार्वजनिक पदाधिकारी पदमुक्ति, सहकारी, सार्वजनिक खरिद तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी संरचनामा सुधार गर्ने उद्देश्यसहित एकैपटक तीन महत्वपूर्ण अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिले केही पदाधिकारीको नियुक्ति तथा पदमुक्ति प्रक्रिया सहज बनाउन नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउनुभएको हो। यससँगै स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुदृढ गर्न स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र शैक्षिक संस्थाहरूको सञ्चालन तथा सुधारका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गरिएको छ l […]