काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी संरचनामा सुधार गर्ने उद्देश्यसहित एकैपटक तीन महत्वपूर्ण अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिले केही पदाधिकारीको नियुक्ति तथा पदमुक्ति प्रक्रिया सहज बनाउन नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउनुभएको हो। यससँगै स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुदृढ गर्न स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र शैक्षिक संस्थाहरूको सञ्चालन तथा सुधारका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गरिएको छ l […]
उजुरी आह्वान गरी गोप्य अनुसन्धानसमेत गरिने काठमाडौँ — सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अन्ततः कार्यादेश प्राप्त गरेको छ। राजपत्रमा कार्यादेश प्रकाशित भएसँगै आयोगले अब औपचारिक रूपमा आफ्नो काम अघि बढाउने भएको हो। कार्यादेशअनुसार आयोगले बहालवाला प्रधानमन्त्रीदेखि उपसचिव तहसम्मका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन, अध्ययन तथा जाँचबुझ गर्नेछ। आवश्यक परेमा गैरकानूनी सम्पत्तिबारे उजुरी आह्वान गरी […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूमा भइरहेको सेवा प्रवाहलाई अब आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाएकी छन्। मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने, सेवामा ढिलाइ हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको वास्तविक अवस्था तत्काल थाहा पाउने र समस्या समयमै समाधान गर्ने […]
काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक समीकरण फेरिएको छ। राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् भने सो पदमा कमला पन्तलाई नियुक्त गरिएको छ। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई हटाउँदै पन्तलाई नयाँ जिम्मेवारी दिएका हुन्। उनले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) […]
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रति स्पष्ट प्रतिबद्धता जनाएकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त सूचीमा मन्त्री बादीले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने अडान लिएकी छन्। उनले शक्तिको दुरुपयोग […]
काठमाडौं — गैरआवासीय नेपाली (एनआरएन) नागरिकता सम्बन्धी सरकारले तयार पारेको मस्यौदाप्रति असन्तुष्टि बढ्दै गएको छ। एनआरएन अभियन्ता कृष्णजीबी पन्तले उक्त मस्यौदा संविधानको भावनाविपरीत रहेको भन्दै आपत्ति जनाएका छन्। उनले २०७२ सालको संविधानले नेपाली नागरिकसरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरे पनि प्रस्तावित विधेयकमा त्यस्तो अधिकार नदिने प्रावधान राखिएको बताएका छन्। “परिचयपत्र वाहकलाई […]
काठमाडौं — एनआरएन अभियन्ता सुनील साहले सरकारले सार्वजनिक गरेको नागरिकता सम्बन्धी मस्यौदाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एनआरएनको भावना र अधिकारलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्न आग्रह गर्नु भएको छ । लामो समयको प्रतीक्षापछि बनेको दुई तिहाइ नजिकको सरकारसँग ठूलो अपेक्षा राखिएको अवस्थामा आएको उक्त ड्राफ्टले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको उनको […]