काठमाडौं । सरकारले विदेशस्थित १५ जना अवैतनिक दूत (अनररी कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार सरकारले कूटनीतिक संरचना […]
काठमाडौ : नेपालका आठ वटा विश्वविद्यालयका लागि उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो। समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन माग […]
बेइजिङ । चीनमा चलिरहेको शुद्धीकरण अभियानका क्रममा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार चीनको सैन्य अदालतले पूर्व रक्षामन्त्री वेई फेङ्हे र ली शाङ्फु लाई भ्रष्टाचार तथा घुसकाण्डमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। वेई फेङ्हेले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने ली शाङ्फुले […]
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो वरियताक्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा अतिक्रमण नियन्त्रणतर्फ महत्वपूर्ण कदम चाल्दै भोगाधिकारमा लिइएका जग्गा तथा त्यसमाथि निर्माण गरिएका सबै संरचना यथाशीघ्र खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार “सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित)” को दफा २१ […]
काठमाडौ : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची “प्रधानन्यायाधीशको नियुक्ति सिफारिस” […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयअन्तर्गतको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले आज सबै मन्त्रालय, विभाग, आयोग र सचिवालयलगायतका निकायहरूलाई पत्राचार गर्दै ट्रेड युनियनका कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो। पत्रमा उल्लेख भएअनुसार, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत निजामती […]