कर्मचारी व्यवस्थापनमा सरकार आक्रामक, मन्त्री रावलको चेतावनी: सेवा अवरुद्ध भए सह्य हुँदैन

काठमाडौं । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कामलाई तीव्र बनाएको छ। लामो समयदेखि निमित्तको भरमा चलिरहेका पालिकाहरूमा दरबन्दीअनुसार कर्मचारी पठाइएपछि प्रशासनिक वृत्तमा हलचल देखिएको छ। सुगममा बस्न चाहने कर्मचारीलाई दुर्गम खटाइँदा केहीले राजीनामा दिन थालेका छन्। मन्त्रालयका अनुसार पहिले १७४ पालिका प्रशासकीय अधिकृतविहीन रहेकामा अहिले घटेर १३ मा झरेको छ। अधिकांश स्थानीय […]

सरकारी कार्यालयहरूमा स्पाई क्यामेरासहित छड्के अनुगमन, १३ सय कर्मचारी कारबाहीमा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र ले सरकारी कार्यालयहरूमा स्पाई क्यामेरा सहित छड्के अनुगमन तीव्र बनाउँदा १३ सयभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह को निर्देशनपछि चैत १६ देखि वैशाख ९ सम्म करिब ३ सय कार्यालयमा अनुगमन गरिएको थियो। समयमा नआउने, कुर्सीमा नभेटिने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिएको हो। सीसीटीभी निगरानी, फाइल […]

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत ले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुने दाबी गरेका छन्। अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने तयारीप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कदमप्रति कडा आलोचना गरेका हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाह ले सुरक्षा प्रमुखलाई बोलाएर छोटो समयमै बस्ती खाली गराउने निर्देशन दिएको […]

उपत्यकामा वैशाख ११ देखि भर्ना अभियान र १५ देखि पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गरेका छन्। उपत्यका मेयर्स फोरमको सोमबार बसेको बैठकले वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाका सबै पालिकालाई सोहीअनुसारको […]

सुधन गुरुङको राजीनामापछि समर्थनमा उत्रिइन् प्रियंका कार्की, “यो अन्त्य होइन, नयाँ सुरुआत हो”

काठमाडौँ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङप्रति समर्थन जनाउँदै नायिका प्रियंका कार्की ले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिएकी छन्। उनले मिडिया ट्रायलका कारण दबाब सिर्जना भएको उल्लेख गर्दै यस्तो कठिन अवस्थामा पनि पदभन्दा नैतिकता रोज्नु ठूलो कुरा भएको बताएकी छन्। “सधैं राम्रो काम गर्ने व्यक्तिहरूले नै धेरै अग्निपरीक्षा दिनुपर्छ भन्ने कुरा इतिहासले देखाएको छ,” […]

गृहमन्त्री गुरुङको राजीनामा स्वीकृत, गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङको राजीनामा स्वीकृत गरेका छन्। गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्री स्वयंले सम्हाल्ने जनाइएको छ। तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने निर्णय गरिएको छ। गुरुङसँग सम्बन्धित विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी समेत गरिएको छ। उक्त समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहनेछ। छानबिनबाट गुरुङ निर्दोष […]

गृहमन्त्री गुरुङ भन्छन्– कारबाही रोकिँदैन, डगमगाइँदैन

गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय बढ्दो भ्रष्टाचार र त्यसविरुद्धको कारबाहीबारे कडा अभिव्यक्ति दिएका छन्। उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा अनियमितता गर्दै आएको समूह अहिले कारबाहीको डरले आत्तिएको बताएका छन्। “राष्ट्रको पैसा लुट्नेहरूले अहिले मिडिया ट्रायल र प्रायोजित हल्लामार्फत भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर त्यो उनीहरूको छटपटी मात्र हो,” उनले भने। गृहमन्त्री गुरुङका अनुसार भ्रष्टाचारविरुद्धको अभियान […]