धुलिखेलमा ‘स्वस्थ शहर’ अभ्यासबारे चन्द्रागिरी प्रतिनिधि टोलीसँग अनुभव आदान–प्रदान”

धुलिखेल– धुलिखेल नगरपालिका ‘स्वस्थ शहर’ अवधारणालाई व्यवहारमा उतार्दै नमूना स्थानीय तहको रूपमा स्थापित हुँदै आएको छ। यही सन्दर्भमा धुलिखेल नगरपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य प्रवर्द्धन, पूर्वाधार र सेवासम्बन्धी अभ्यासको अध्ययन तथा अनुभव आदानप्रदान गर्न चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको प्रतिनिधि टोलीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरले अपनाएको […]

विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर व्याख्या गएिको भन्दै आपत्ति

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता र औचित्यलाई लिएर बहस तीव्र बनेको छ। पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गरिएको भए पनि त्यसलाई पार्टी विभाजनसँग जोडेर व्याख्या गरिएको भन्दै कांग्रेसको एक पक्षले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको माग विधानले दिएको अधिकारको प्रयोग भएको दाबी गर्दै यसलाई […]

एमाले काभ्रेको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अशोक कुमार ब्याञ्जुलाई

काठमाडौं : नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला कमिटीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अशोक कुमार ब्याञ्जुलाई दिएको छ। पार्टीको सचिवालय बैठकले आगामी निर्वाचनसम्मका लागि जिल्लास्तरको संगठनात्मक कामको संयोजन गर्न इञ्चार्ज तोक्ने निर्णयअनुसार ब्याञ्जुलाई काभ्रेको जिम्मेवारी दिइएको हो। ब्याञ्जु धुलिखेल नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्छ । एमालेले वागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेक अन्य १० […]

भेनेजुएलामाथि अमेरिकाको आक्रमणलाई लिएर विश्व तरंगित

काठमाडौं । अमेरिकाले भेनेजुयलामा आक्रमण गरेपछि विश्व तरगिंत बनेको छ । महिनौदेखिको राजनीतिक र कुटनीतिक तनावका बीच भेनेजुयलाको राजधानी कराकासका विभिन्न स्थानमा बिस्फोटका घटना भएको हो । भेनेजुयलामाथि लागुऔषध तस्करीलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको अमेरिकाले आक्रमण गरेको हो । आक्रमण र विस्फोटका घटनापछि भेनेजयलाका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएको छ । उहाँकी पत्नीलाई समेत […]

एकतापछिको रास्वपामा शक्ति सन्तुलन कायम रहला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकतापछिको पहिलो केन्द्रीय समिति बैठकमा प्रवेश गर्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकलाई संगठनात्मक मात्र नभई राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ । केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरण मुख्य एजेन्डा रहनेछ […]

कांग्रेसभित्र महाधिवेशनको चर्को बहस, आन्तरिक राजनीति नयाँ मोडमा

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर बढ्दो तनावले पार्टीको आन्तरिक राजनीतिलाई नयाँ मोडमा पु¥याएको छ । विशेष र नियमित महाधिवेशनबीचको विवाद चर्किंदै गएपछि पार्टीका केही नेताहरू सहमतिको बाटो खोज्न सक्रिय देखिएका छन् । यसै सन्दर्भमा नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले अनौपचारिक छलफलको श्रृंखला सुरु गर्नु भएको छ । पार्टीभित्र देखिएको असहमति कसरी न्यूनिकरण […]

एक पटकमा एटीएमबाट २० हजारभन्दा धेरै निकाल्न नपाइने, दिनमा ५० हजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा घटाएको हो । हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । नयाँ […]