काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुकको प्रशासनिक सुधार, सिंहदरबार परिसरमा भएको क्षतिको व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन व्यापक निर्णयहरू गरेको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सम्पन्न उक्त बैठकले करिब दुई दर्जन निर्णयहरू गरेको हो। बैठकले सरकारका विभिन्न मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेको दरबन्दीको औसत २० प्रतिशत […]
काठमाडौं : सरकारले २५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व बुझाउने समयसीमा एक महिना थप गर्ने निर्णय गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण तथा सम्बन्धित कर रकम २५ असोजसम्म बुझाउन सकिने व्यवस्था गरेका हुन्। २३ र २४ भदौमा देशभर लागू गरिएको […]
काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पद्बहाली गर्नु भएको छ । पद्बहालीसँगै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने पहिलो निर्णय गर्नुभयो । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नु भएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गर्दै प्राधिकरणबाट हटाएको थियो । त्यस्तै, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र […]
काठमाडौं । दसैं तिहार लगायत मुख्य पर्वका लागि सुकिला नोट सटही सुरु भएको छ । सुकिला नोट सटही आगामी असोज १० गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको थापाथलीस्थित बैंकको मुद्रा व्यवस्थापन विभाग, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालय तथा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सेवा लिन […]
काठमाडौं (शंङ्खरापुर) – शंङ्खरापुर नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा संस्थागत सुधार र वित्तीय सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै उदाहरणीय सफलता हात पारेको छ। नगर प्रमुख रमेश नापितको नेतृत्वमा र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको कुशल व्यवस्थापनमा नगरपालिका द्रुत गतिमा समृद्धिको दिशामा अघि बढेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्थानीय […]
काठमाडौं । नेपाल सरकारले पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । ‘नेपाल भ्रमण दशक’, ‘विशेष पर्यटन वर्ष’ लगायतका अभियानमार्फत विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको भए पनि सोअनुसारको नतिजा भने हासिल हुन सकेको छैन । पर्यटन विभागका अनुसार नेपालमा विदेशी पर्यटकको आगमन क्रमशः बढ्दै जाँदैछ, तर […]
धुलिखेल, काभ्रे । धुलिखेलमा करिब एक हजार रोपनी क्षेत्रफलमा एक सय उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ। यसका लागि चीनका लगानीकर्ता सहभागी हुने भएका छन्। उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि चीनका LINYI CITY QIDONG INTEMATION TRADE का अध्यक्ष झेङ्बो काओको नेतृत्वमा आएको चिनियाँ व्यवसायी टोलीले धुलिखेलमा स्थलगत निरीक्षण गरिएको छ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु […]